सहकार्य परियोजना संचालन पश्चात् तरकारी खेतीतर्फ आर्कषण बढ्दो

ठाटीकाँध – ठाटीकाँध गाउपालिका १ स्थित गठित कृषि समूह अगुवा कृषकको तरकारि खेतिको अनुगमन गरिएको छ । एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना अन्र्तगत अगुवा कृषकको तरकारि खेति च्याउ खेतिको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा उक्त कृषि खेतीमा लागेका कृषकलाई तरकारि खेति गोडमेल, सिचाई, रोग किरा व्यावस्थापन प्लास्टिक घर निर्माणमा सहजिकरण तथा सल्लाहसुझाव दिएको सहकार्य परियोजना कृषि प्राविधिक भुपेन्द्र सिजापतिले बताउनुभयो ।
उहाँका अनुसार एइ.आइ.एन लक्जेम्बर्गको आर्थिक सहयोग, सोसेक नेपालद्धारा ठाटीकाँध गाउँपालिकामा संचालित सहकार्य सहकार्य परियोजनाको सहयोग र निरन्तरताको सल्लाह सुझावले गर्दा पछिल्लो समय तरकारी खेती तर्फ आर्कषण बढ्दो रहेको कृषि प्राविधिक सिजापतिले बताउनुभयो ।
सहकार्य परियोजनाको सहयोग पश्चात् कविता वि क ले तरकारी बाट ५ हजार पाँचसय र कोकिला बुढाले २७ हजार आम्दानी गरेको बताउनुभयो । उहाँले घर खर्च समेत चलाएर सहकारीमा समेत बचत गरेको र छोराछारीको पढाई खर्च धान्न सहज भएको बताउनुभयो ।
प्रतिक्रिया