नेकपा एस रुकुम पश्चिम अध्यक्ष शर्मा फर्किए एमालेमा

नेकपा एस रुकुम पश्चिम अध्यक्ष शर्मा फर्किए एमालेमा

रुकुम – नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमका अध्यक्ष हरिप्रसाद शर्मा एमालेमा फर्किनुभएको छ । एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उहाँ समाजवादी तिर लाग्नुभएको थियो । उहाँलाई पार्टीले जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो । तर शर्मा मंगलबार एमालेमै फर्किनुभएको छ । शर्मा सहित विभिन्न व्यक्तिहरु मंगलबार एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य गङ्गाराम चनारा, नेकपा माओवादी केन्द्रका गणेश बिक चिन्तन, सुनिता चनारा, गोरख बिक, तिलक बस्नेत, मिना मल्ल बस्नेत, विप्लव नेतृत्वको नेकपाका कपिल बिक, असल क्षेत्री, लगायत एमालेमा प्रवेश गरेको नेकपा एमाले रुकुम पश्चिमले जनाएको छ । उनिहरुलाई एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेको बताइएको छ ।

प्रतिक्रिया