पौष्टिक आहारले बालबालिकाको पोषणमा सुधार

पौष्टिक आहारले बालबालिकाको पोषणमा सुधार

सल्यान –  जिल्लाको शारदा नगरपालिका १ सल्यानकी अम्बिका केसीको एक वर्षको बच्चा छ । गर्भवती हुँदादेखि नै पौष्टिक आहारा खादै आएकाले सुत्केरी हुँदा पनि सहज भयो । बच्चामा कुपोषण भएन । अहिले बच्चालाई नियमित पौष्टिक आहारा सर्वोत्तम पिठो खुवाउँदै आएकाले पोषण सुधार भएको उहाँको भनाई छ ।

यस्तै सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरका राजेश बोहराले आफ्नो बच्चाले सर्वोत्तम पिठो खान थाले देखि अन्य खान छाडेको बताउनु भयो । बालबालिकाको जीवन रक्षा स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको उहाँको भनाई छ । राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न सक्ने, हुर्कन सक्ने, समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग विपत्ति र अन्य सङ्कटसँग लड्न सक्ने उहाँले बताउनुभयो ।

पोसिलो सर्वोत्तम पिठो ६ महिना भन्दा माथिका बालबालिका लगायत सबैको लागि अति फाइदा जनक भएको पोषण नेटवर्क प्रा.ली.का म्यानेजिङ डाइरेक्टर नीरज केसीले बताउनुभयो । स्थानीय स्तरमै पाइने विभिन्न पोसिला खानेकुराहरूबाट उत्पादन गरिएको पोसिलो सर्वोत्तम पिठो विशेष गरी बालबालिकाहरूको लागि चाहिने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, विभिन्न खनिज पदार्थहरूको परिपूर्ति गर्न निकै मद्दत पु¥याउछ । उहाँले भन्नुभयो ‘यो पोसिलो सर्वोत्तम पिठो नियमित खाने बालबालिकाको तौलमा सुधार आउनुका साथै उचाइमा सुधार आएको र समग्र शारीरिक र बौद्धिक विकासमा फाइदा पुगेको देखिएको छ ।’

सबै बालबालिकाहरूलाई बजारको जङ्क खानाहरू, हर्लिक्स, स्यारलिक्स जस्ता रसायन प्रयोग गरी प्रोसेस्ड खानाहरू बन्द गरेर यो पोसिलो सर्वोत्तम पिठो नियमित रुपमा खान सल्लाह दिने गरेको केसीको भनाई छ ।

प्रतिक्रिया