प्रथम लक्ष्मी गोल्ड कप हुँदै

प्रथम लक्ष्मी गोल्ड कप हुँदै

रुकुम – रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ मा प्रथम लक्ष्मी गोल्ड कप हुने भएको छ । सहिद महेन्द्र लक्षु स्मृति क्लवले रुकुमकोटमा पत्रकार सम्मेल मार्फत गोल्ड कप हुने जानकारी गराएको हो । ‘तन मन बचन र कर्मका साथ समाज सेवा’ भन्ने मुल नाराका साथ चैत्र २६ गते देखि बैशाख १ गतेसम्म कप हुन लागेको हो ।

सहिद महेन्द्र लक्षु स्मृति क्लवले आयोजना गरेको गोल्ड कपलाई एजेन्सी प्राइभेट कम्पनी लिमिटेडले मुख्य प्रायोजन गरेका छ । यस्तै सिस्ने ८ मा घर भई हाल दक्षिण कोरियामा बस्दै आउनु भएका योगेन्द्र पुनको सह प्रायोजन तथा नेपाल सरकारका नायव सुब्वा झुपलाल पुनको उप प्रायोजन रहेको क्वलका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

गोल्ड कपमा खुला वडा स्तरिय महिला पुरुष भलिबलका साथै विभिन्न साँस्कृतिक कार्यक्रम हुने छन् । पुरुष भलिबल तर्फ प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँको साथमा कप मेडल प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै दोस्रो हुुने टिमले नगद ३० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउँदा तेस्रो हुने टिमले नगद २० हजार मेडल प्रमाण पत्र पाउँने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै महिला तर्फ प्रथम हुने टिमले नगद १० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र हात पार्ने छ भने दोस्रो र तेस्रो बन्ने टिमले क्रमशः सात हजार र पाँच हजार मेडल र प्रमाण पत्र पाउने छन् । प्रत्येक खेलमा उत्कृष्ट खेलाडी छनोट गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया