बागमतीका मुख्यमन्त्री पुन: आज विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री पुन: आज विश्वासको मत लिँदै

हेटौंडा –  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुन विश्वासको मत लिँदैछन् ।

यसअघि बुधबार विश्वासको मतका लागि तय गरिएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो । बैठक दिउँसो १ बजे बस्नेछ ।

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले केन्द्रमा गठबन्धन फेरिएसँगै दोहोर्याएर विश्वासको मत लिन लाग्नुभएको हो । कांग्रेसले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पछि आपसी सहमतिमा बुधबार आजलाई डाकिएको हो ।

प्रतिक्रिया