जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियो : प्रधानमन्त्री प्रचण्ड

जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रौँराष्ट्रिय जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताउनुभएको छ । आज नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताउनुभएको हो ।

उहाँले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको बताउनुभयो । नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।

उहाँले कोरोना महामारिका कारण समयभन्दा ५ महिना ढिलो गरी जनगणना सम्पन्न भएको बताउनुभयो ।

प्रतिक्रिया