प्रधानमन्त्री प्रचण्डले बोलाए सबै मन्त्रीलाई सिंहदरबार

प्रधानमन्त्री प्रचण्डले बोलाए सबै मन्त्रीलाई सिंहदरबार

 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबारमा बोलाउनुभएको छ ।

शुक्रबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा प्रचण्डले सबै मन्त्रीलाई तत्कालै प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिनुभएको हो । सरकारले अपरान्ह बस्ने मन्त्रिपरिषद्बाट नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ ।

नयाँ आईजीका लागि हालै बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली प्रतिस्पर्धामा छन् । अर्का एआईज्ञजी दीपक पछिल्लो ब्याचका हुन् ।

आईजीपी धीरजप्रताप सिंहले बिदा लिने तयारी गरिरहेका बेला शुक्रबार नै नयाँ आईजीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया