दाउराकै भरमा ३३ लाख जनता

दाउराकै भरमा ३३ लाख जनता

 

काठमाडौँ – नेपालमा कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन् ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा ३३ लाख ९८ हजार ३ सय १६ परिवार दाउरामा खाना पकाउने गरेको उल्लेख छ ।

यसबाहेक एलपी ग्याँसमा २९ लाख ४९ हजार परिवार आश्रित हुँदा १९ लाख १५ हजार परिवार गुइँठा र गोरहामा आश्रित देखिएका छन् ।

सबैभन्दा थोरै बिजुली र मट्टितेलमा देखिएका छन्। यसमा क्रमश ३२ हजार र ३ हजार परिवार आश्रित रहेको तथ्यांक छ ।

प्रतिक्रिया