बालविकास शिक्षकको लागि तालिम

बालविकास शिक्षकको लागि तालिम

दैलेख – भगवतीमाई गाउँपालिका क्षेत्रका १५ विद्यालयका २१ जना बालविकास शिक्षकको लागि प्रभावकारी सिकाई प्रवद्र्धन सम्वन्धी ५ दिने तालिम बुधवारदेखि दैलेख सदरमुकाममा सुरु भएको छ ।

वल्र्डभिजन इण्टरनेशनलको साझेदारीमा सोसेक नेपालले सञ्चालन गरेको बाल प्रायोजन, बाल संरक्षण र समावेशी गुणस्तरीय शिक्षा परियोजनाको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो ।

बाल वालिकाहरुलाई शारीरिक, मानसिक, संवेगात्मक, बौद्धिक तथा सामाजिक नैतिक र सिर्जनात्मक विकासको अवसर प्रदान गर्न, सरसफई र सुरक्षा सम्बन्धि बानी बसाल्न प्रेरित गर्ने, सामान्य शिष्ट्राचार गर्न प्रेरित गर्ने, प्राथमिक शिक्षाको लागि तयार गर्ने, विश्वास र सुरक्षाको भावना जागृत गराउने बालविकास केन्द्रका शिक्षकहरुको सीप विकास गराउन तालिम सञ्चालन भएको परियोजनाका शिक्षा अधिकृत सुमन रिजालले जानकारी दिनुभयो ।

बालबालिकाहरुलाई विद्यालयमा आधारित पूर्वप्राथमिक शिक्षा या समुदायमा आधारित बालविकास केन्द्रमा राखी शिक्षा विभागबाट स्वीकृत बालविकास दिग्दर्शन पाठ्क्रमले निर्धारण गरेको मनोरञ्जनात्मक शिक्षण सिकाई क्रियाकलाप प्रकावकारी बनाउन तालिम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया