नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा देवेश्वर गिरी निर्वाचित

सुर्खेत – नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय दोस्रो अधिवेशनले गिरीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
शनिवार सम्पन्न संगठनको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ३ पछि थप्ने गरी ३३ सदस्सीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा जमान सिहं परियार, मुकुन्द शर्मा, ललिता बोगटी, लोक बहादुर विष्ट, शिवराम केसी, सचिव रमेश खड्का, सह सचिव गोपाल बुढा, हंस महतरा र कोषाध्यक्ष पुनम वि।क रहनु भएको छ ।
प्रतिक्रिया