आगलागीबाट घाइते रानाको उपचारको क्रममा मृत्यु

आगलागीबाट घाइते रानाको उपचारको क्रममा मृत्यु

सल्यान – जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलामा भएको आगलागिमा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

भारतको लखनउमा उपचार हुन नसकेपछि फर्काइएका २६ वर्षीय यज्ञ रानाको भेरी अस्पताल नेपालगञ्ज उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो ।

गत सोमबार राति कुमाख गाउँपालिका ४ भण्डारखोलामा रहेको एक किराना पसलमा आगलागि हुँदा ५ जना घाइते भएका थिए । पसल सञ्चालक २४वर्षीय शंकर राना सहित २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय सञ्जीव शाह गम्भीर घाइते भएका थिए भने १८ वर्षीय क्षेत्रमणी राना सामान्य घाइते भएका थिए ।
१८ वर्षीय क्षेत्रमणी डिस्चार्ज भइसक्नु भएको छ भने अन्य तीन जनाको भने उपचार भइरहेको प्रहरीको भनाई छ

प्रतिक्रिया