कोटवाडामा पुग्यो पहिलो पटक बिजुली

कोटवाडामा पुग्यो पहिलो पटक बिजुली

कालीकोट –  कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा पहिलो पटक बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाको काम सकाएपछि हिजो कोटवाडामा बत्ती पुगेको हो । पहिलो पटक गाउँमा बिजुली बलेपछि कोटवाडाका स्थानीय खुशी भएका छन् ।

नरहरिनाथका अन्य वडामा अहिले विद्युतीय संरचना निर्माणको काम भइरहेकाले अबको केही दिनमा अन्य वडामा पनि बत्ती पुग्ने प्राधिकरण वितरण केन्द्र कालीकोटका प्रमुख इञ्जिनियर विमल कुमार शाहीले बताउनु भयो ।

बिजुली नपुगेका अन्य पालिकामा विद्युत् पुर्याउने तयारी भइरहेको कालीकोट वितरण केन्द्र मर्मत शाखा प्रमुख जयप्रसाद पाण्डेले बताउनु भएको छ ।

प्रतिक्रिया