मन्त्रालय भागबन्डा मिलाउन १० दलको बैठक बस्दै
![मन्त्रालय भागबन्डा मिलाउन १० दलको बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/sattarudh_sMfDhtASZa_tldloorgd9wwwboopyf8eewsycnagi4qkz26ieypbbjyfh5jlfpn3or6i53e.jpg)
काठमाडौँ – मन्त्रालय भागबन्डामा सहमति जुटाउन आज (बुधबार) पनि सत्ता गठबन्धनको बैठक बस्दै छ। हिजो (मंगलबार) बैठक बसे पनि बिनाष्किर्ष टुंगिएपछि सत्ता गठबन्धनका दलबीच पुनः आज पनि छलफल हुने भएको हो ।
एक नेताका अनुसार बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास (बालुवटार) मै बस्नेछ । सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
हिजोको छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३-३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन् ।
यस्तै हिजोको बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रम वितरण भएको अर्का एक नेताले जानकारी दिएका छन् । बैठकमा वितरित कार्यक्रमबारे दलहरूले आन्तरिक छलफल गर्ने र आजको बैठकमा पुनः छलफल गरिने उनले बताएका छन् ।
प्रतिक्रिया