प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता
![प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-sabhamukh_kwaYPgcfjL_cqzplderguugw2tllxh1trlmwlksjyh8unjwll98liz63f3avwvectj3azt1.jpg)
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ । वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया