पालिका तथा सार्वनजिक स्थानमा जनचेतनामुलक नारा शहितको स्टिकर बोर्ड टाँस

पालिका तथा सार्वनजिक स्थानमा जनचेतनामुलक नारा शहितको स्टिकर बोर्ड टाँस

सुर्खेत –  दैलेखको भगवतीमाइ गाउँपालिकामा बाल प्रायोजना, समाबेशी तथा गुणस्तरी शिक्षा कार्याक्रमको लक्ष्य सहितको नारा टासिएको छ । वर्ल्ड भिजन ईट्रनेश्नल नेपालको आर्थिक सहयोग सोसेक नेपालद्धारा भगवतीमाई गाउँपालिकामा संचालित बाल स्पोन्सरसिप समावेसि तथा गुणस्तरीय शिक्षा कार्यक्रमको आयोजनामा उक्त नारा टाँसिएको छ ।

पालिकाका विभिन्न शाखाहरु, सम्पुर्ण वडा, स्वास्थ्य कार्यालयहरुमा नारा शहितको स्टिकर बोड टाँस गरिएको सोसेक नेपालका शिक्षा अधिकृत जनक अधिकारीले बताउनुभयो । नारा टाँस गर्ने क्रममा पालिका अध्यक्ष गणेश थापाले हामिले आगामि तीन बर्षको लागि यसै लक्ष्यलाई अगाडि बढाउन र यसै लक्षय अनुसारको क्रियालापहरु सञ्चालन गरि तीन बर्ष मा पालिकालाई बालमैत्री पालिका घोषण गर्ने भनिएकोमा सोहि अनुसार कार्य गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।

त्यस्तै अनौपचारिक छलफलमा पालिकाको शिक्षाको अवस्था कमजोर भएकाले यसप्रति चासोदिन आग्रह गर्नुभयो । कार्यलयमा टाँस गरिएका नाराहरुमा सुरक्षित स्वस्थ एवम सक्षम बालबालिका, सुशासनयुक्त र बालमैत्री भगवतीमाई गाउँपालिका लगायतका नारा रहेका शिक्षा अधिकृत अधिकारीले बताउनुभयो । त्यस्तै गाउँपालिका तथा कार्यालयमा बालबिबाह न्युनिकरणका लागि होडिङ्बोर्ड समेत राखिएको छ ।

 

प्रतिक्रिया