कर्णालीका मुख्यमन्त्री शर्माले पुन विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले पुन विश्वासको मत लिने

सुर्खेत –  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएपछि राप्रपाले सर्मथन फिर्ता लिएसँगै आगामी चैत १७ गते दोस्रोपटक विश्वासको मत लिनुहुने भएको छ ।

उहाँले बुधवार कर्णाली प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो । प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम चैत १७ गते विश्वासको मत लिने करिब निश्चित देखिएको हो ।

मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको धारा १८८ को उपधारा दुईबमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन् । केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा के होला भन्ने चासो बढ्न थालेको छ । यहाँ नेकपा एमालेले समर्थन फिर्ता लिएको छैन ।

प्रतिक्रिया