देश अस्थिरतातर्फ गइरहेको छ : लिङ्देन

देश अस्थिरतातर्फ गइरहेको छ : लिङ्देन

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताउनुभएको छ ।

आज राम नवमीको अवसरमा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताउनुभयो । उहाँले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष लिङ्देन देश अझै अस्थिरताको बाटोतर्फ जाने सङ्केत देखिएको बताउनुभयो । अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । उनले सरकार सांस्कृतिक सम्पदाहरूको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिनुभयो ।

अध्यक्ष लिङ्देनले आफू सरकारमा रहँदा वि।सं।२०८० सालबाट राम नवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताउनुभयो ।

प्रतिक्रिया