कांग्रेसमा उपसभापति खडकासहित चार जना मन्त्रीको शपथ हुँदै

कांग्रेसमा उपसभापति खडकासहित चार जना मन्त्रीको शपथ हुँदै

 

काठमाडौँ  – नेपाली कांग्रेसका तर्फबाट चार जनाले मन्त्रीको शपथ लिनु हुने भएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएको हो ।

सभापति देउवानिकट स्रोतले शुक्रबार उपसभापति खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले शपथ लिने भएका हुन् ।

खड्काले उपप्रधानसँगै रक्षा, प्रवक्ता महतले अर्थ, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र गुरुङले सहरी विकास मन्त्रीको शपथ लिने स्रोतले जानकारी दिएको छ ।

पर्सा–४ बाट निर्वाचित रिजालले आफूलाई उद्योग मन्त्रीको शपथका लागि खबर आएको बताउनुभयो । यस्तै गुरुङले पनि आफूले सहरी विकासमन्त्रीको शपथ लिन लागेको बताउनुभयो ।

कांग्रेसले आठ मन्त्रालय पाएको छ। बाँकी रहेका चार जनाको अर्को चरणमा शपथ हुने बताइएको छ। इतर समूहले तीन मन्त्रालय पाउनु पर्ने अडान राखेर आफ्नो समूहबाट नाम नदिएपछि अन्य नेताहरुको शपथ रोखिएको स्रोतको भनाइ छ।

प्रतिक्रिया