माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्ने ऊर्जामन्त्री बन्दैं

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्ने ऊर्जामन्त्री बन्दैं

 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्ने ऊर्जामन्त्री बन्ने भएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बस्नेतलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी छ । यसअघि ऊर्जा मन्त्रालयमा अमनलाल मोदीको चर्चा थियो। बस्नेतले भने गृह मन्त्रालयमा इच्छा देखाएका थिए । तर, माओवादीको वरिष्ठ उपाध्यक्ष समेत रहेका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने भएपछि बस्नेतलाई ऊर्जा मन्त्रालय दिन लागिएको हो ।

माओवादी निकट स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका मोदीलाई भने महिला तथा बालबालिका मन्त्रालय दिने तयारी छ । संघीय मामिला मन्त्रालय भने कांग्रेसको भागमा परेको छ । बस्नेत लगातार तीन पटक संसदीय निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका हुन् ।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका उनी गत मंसिरमा भएको निर्वाचनमा ३४ हजार १५१ मतसहित निर्वाचित भएका थिए ।

बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए भने २०७२ सालमा गृहमन्त्री बनेका थिए । २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री पनि बनेका थिए ।

प्रतिक्रिया