कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
![कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक](https://snowberry.prixacdn.net/media/gallery_folder/congress_dwDaz6fzEp_fqpgesyn0czxn5fofhq54x6jxk0imh42u3lc9z33x1ptx8ufivi9vldz4kpv.jpg)
काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
आइतबार बिहान १० बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्नेछ ।
सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन ।
बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया