रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

रसुवा –  आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो ।

नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो । आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ ।

केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ ।

प्रतिक्रिया