प्रधानमन्त्री भेट्न मिटरब्याज पीडित बालुवाटारमा

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाउनुभएको छ ।
मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ ।
काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया