जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा सुरु

जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा सुरु

रुकुम पश्चिम – रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालयले गत चैत ११ गते देखि जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो । सेवा सञ्चालन गरेको धेरै नभएकाले फाट्टफुट्ट सेवाग्राही आइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

बिरामीको सहजताका लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार फिजियोथेरापी सेवा सञ्चालमा आएसंगै हड्डी भाँचिएको उपचारसंगै नसा सम्बन्धी समस्या भएका विरामीले सेवा लिईरहेका छन् ।

हड्डी भाँचिएको, फ्याक्चर भएको अवस्थामा फिजियोथेरापी मार्फत उपचार नगरेसम्म निको नहुने भएकाले विषेश प्राथमिकताका साथ हड्डीको उपचारको लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

फिजियोथेरापीका लागि आवस्यक पर्ने आधारभूत सामग्री व्यवस्थापन गरेर सेवा सञ्चालन सुरु गरिएको र आवस्यक अन्य सामग्री भने व्यवस्थापन गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । फिजियोथेरापी सेवा जिल्ला अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट अस्मिता श्रेष्ठले दिइरहनुभएको छ ।

प्रतिक्रिया