तीन निर्वाचन क्षेत्रमा उम्मेदवार छान्न एमालेले बोलायो बैठक

तीन निर्वाचन क्षेत्रमा उम्मेदवार छान्न एमालेले बोलायो बैठक

काठमाडौँ –  तीन निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार छान्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरमा बैठक बस्न लागेको उपमहासचिव विष्णु रिमालले बताउनुभयो । उनका अनुसार उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको बताउनुभयो । बैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

एमालेले चितवनमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाल उठाउने लगभग निश्चित छ । बारा २ बाट भने एमालेले कसलाई उठाउने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बुझिएको छ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया