मालदार मन्त्रालय पाउन १०औं करोडको डिल हुन्छ : वाग्ले

मालदार मन्त्रालय पाउन १०औं करोडको डिल हुन्छ : वाग्ले

 

काठमाडौँ –  अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताउनुभएको छ ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताउनुभएको हो ।

पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको पनि उहाँले बताउनुभयो । उहाँले पैसाका कारण लोकतन्त्त पनि विकृत हुँदै गएको बताउनुभयो । ‘अन्य परम्परागत पार्टी, पुराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन । हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ। अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छरु मालदार मन्त्रालयमा त १० औं करोडको डिले हुन्छ भन्ने छ। यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ ?’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको पनि बताउनुभयो । ‘कुशासनका कुराहरु छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भुमिका कस्तो छरु भन्नेकुरा जोडिएको छ,’ वाग्लेले भन्नुभयो,।

डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गर्नुभयो । उहाँले आफू पछि फर्किने नभइ अघि
बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताउनुभयो ।

प्रतिक्रिया