राप्रपाले छान्यो उपनिर्वाचनका उम्मेदवार

राप्रपाले छान्यो उपनिर्वाचनका उम्मेदवार

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ । पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

नेता श्रेष्ठका अनुसार राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।

प्रतिक्रिया