वीरेन्द्रनगरमा सहकारी दिवसको अवसरमा ¥याली

वीरेन्द्रनगरमा सहकारी दिवसको अवसरमा ¥याली

सुर्खेत –  ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने नारासहित ६६ औँ सहकारी दिवस देश भर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सहकारी संस्थाहरूले दिवसको अवसरमा प्रभातफेरीलगायतका देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा पनी दिवशको उपलक्ष्यमा जिल्ला सहकारी संघ सुर्खेतको आयोजनामा सहकारीको दिगोपन, स्वनियम र सुशासन,लैङ्गिक समानतामा सहकारि ,गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी, सहकारी दिवश सफल पारौ भन्ने नाराका साथ ¥याली निकालिएको छ ।

¥याली वीरेन्द्रनगर बजार परिक्रमा गरी स्थित सिटी हलमा पुगेर सभामा परिणत भएको छ । सभालाई भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसि लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरणमा राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।
‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल उद्देश्यले सञ्चालित सहकारीमा पछिल्लो समय आर्थिक विचलन देखिएको छ । कतिपय सहकारी संस्था निक्षेपकर्तालाई रकम फिर्ता दिन नसक्ने अवस्थामा पुगेका छन् ।

हाल नेपालमा ३० हजार ८७९ सहकारी, ३११ जिल्ला स्तरीय सहकारी संघ, ११ प्रदेशस्तरीय सहकारी संघ, १८ वटा क्षेत्रीय केन्द्रीय स्तरका सहकारी संघ, एक राष्ट्रिय सहकारी बैंक र एक राष्ट्रिय सहकारी महासंघ नेपाल उच्चस्तरीय संस्थाका रूपमा रहेका छन् ।

प्रतिक्रिया