रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध आज अदालतमा रिट परेको हो ।

सो निर्णयविरुद्ध युवराज सफलले रिट दायर गरेका हुन् । रिट दर्ता हुने प्रक्रियामा छ । आज दर्ता भएको रिटको सुनुवाई भोलि हुने सर्वोच्च स्रोतले जनाएको छ ।
युवराजले हिजो लयाएको रिटलाई सच्याएर आज फेरि दर्ता गर्न ल्याएका हुन् ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । चैत ६ गते भएको सो निर्णयविरुद्ध रिट दायर परेको हो ।
लामिछानेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन(२ मा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया