जासुसी परिचालन गर्ने कार्यविधि खारेज

जासुसी परिचालन गर्ने कार्यविधि खारेज

काठमाडौँ –  सरकारले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो ।

यसअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा लिँदै आएको खर्च खारेज गर्ने निर्णय गरेका थिए ।

जासुसीको नाममा गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च गर्दै आएका थिए ।

प्रतिक्रिया