जाजरकोटमा रुखबाट लडेर एकजनाको मृत्यु

जाजरकोट – जाजरकोटमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । नलगाड नगरपालिका– ४ प्याराधार निवासी ४० वर्षीय दीपक सार्कीको आइतबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो ।
नलगाड–४ को लम्ली जंगलमा बाख्रा गोठालो गएका सार्की भैंसीलाई घाँस काट्ने क्रममा बाँझको रुखबाट लडेर मृत्यु भएको नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बद्री बहादुर पन्तले बताउनुभयो ।
प्रतिक्रिया