रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

 

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा आज पेशी तोकिएको थियो ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर भएको थियो । युवराज सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । यो मुद्दा अब अर्को दिन मात्रै सुनुवाई हुनेछ ।

सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचीमा चढाइएको थियो ।

प्रतिक्रिया