न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल गर्न गठबन्धनको बैठक जारी

न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल गर्न गठबन्धनको बैठक जारी

काठमाडौँ –  सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको जनाएको हो ।

बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थित रहेको छ ।

प्रतिक्रिया