सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

काठमाडौँ –  सत्तारुढ गठबन्धनले केही दिनभित्रै सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको छ । गठबन्धनमा रहेका दलहरूबाट प्राप्त सुझावहरूलाई समायोजन गरी न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने तयारी गरिएको हो ।

यसै विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका थिए । आजको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदामा दलहरूबाट प्राप्त सुझावहरू बारे छलफल भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा ऊर्जा मन्त्री शक्ति बस्नेतले बताउनुभयो । ‘दलहरूका सुझावअनुसार केही बुँदाहरू थप्नु पर्ने छन् भने केही घटाउनु पनि पर्ने छन्,’ उहाँले भन्नुभयो, ‘आजको बैठक यिनै विषयमा केन्द्रित रह्यो । अब केही दिनमा यसलाई टुङ्ग्याएर सार्वजनिक गर्छौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया