३० जना विद्यार्थीलाई स्टेशनरी सहयोग
दैलेख – दैलेखको नारायण नगरपालिका–६ स्थित रेडक्रस मावीका ३० जना विद्यार्थीलाई स्टेशनरी सहयोग गरिएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले बालबालिकालाई स्टेशनरी सामग्री उपलब्ध गराएको हो ।
कम्पनीले विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा विपन्न र श्रवण शक्ति कम भएका बालवालिकाहरुलाई स्टेशनरी सहयोग गरेको हो ।
कम्पनीको १५ औँ वार्षिक उत्सवका अवसरमा ३० जना विद्यार्थीहरुलाई कापी कलम लगाएतका साम्रगी विद्यालयमै पुगेर हस्तान्तरण गरिएको छ ।
नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपाने, कम्पनीका शाखा कार्यालयका प्रमुख डम्मर ढकाल, वरिष्ठ अभिकर्ता पुण्य शर्मा विष्णु भण्डारी, विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका शिक्षकहरुको उपस्थितीमा बालबालिकालाई स्टेशनरी वितरण गरिएको हो ।
प्रतिक्रिया