भ्रष्टहरूलाई उडाउने सुनामी हो उपचुनाव : रवि लामिछाने
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो काँधमा देशको सबैभन्दा ठूलो पार्टी बनाएर देश निर्माण गर्ने जिम्मेवारी रहेको बताउनुभएको छ ।
चितवनमा चुनावी अभियानका क्रममा उहाँले भननुभयो, ‘सम्भवतस् सबैभन्दा धेरै उजुरी पर्ने मान्छे मै होला । मलाई थाहा छ । मेरो काँधमा पार्टीलाई सबैभन्दा ठूलो बनाउने जिम्मेवारी पनि छ। त्यसैले त मेरो काँधमा यति धेरै उजुरी परेका छन् । ती उजुरीहरूको जवाफ म दिँदै जाउला । तर, तपार्ईंले दिने जवाफ वैशाख १० को मतपत्रले मात्रै दिन्छ। यो मुलुक बनाउँछु भनेर आएको हुँ । म अहिले एक्लै छैन १९ जना सांसद साथीहरू संसदमा हुनुहुन्छ । हामीलाई केही डर छैन ।’
उनले पदमा पुगेर शक्ति आर्जन गरेर दुरूपयोग गर्ने कुनै योजना नभएको बताए। राम्रो काम गर्छु भन्दा धेरै दुख पाएको इतिहास रहेको र केही गर्छु भन्नेलाई केही पनि नगर्नेहरूले दुस्ख दिइरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज केही हानि नगर्दा जवाफमाथि जवाफ दिएर बसेको छु। भ्रष्टाचारीहरू जेल जान नपर्ने, भ्रष्टाचारीलाई जेल हालौँ भन्नेलाई जेल हाल्न तयार भएर बसेका छन् । हेर्नुहोला यिनै हातले भ्रष्टहरूलाई जेल कोच्ने हस्ताक्षर गरेको कागज यहाँ लिएर आउनेछु ।’
उहाँले आफ्नो पक्षमा पहिलाको भन्दा डब्बल माहोल बनेर आएको दाबी गर्नुभयो । ‘मुलुकका लागि एउटा मान्छेले राजनीतिमा लागेर गर्ने भनेको असल साथीहरू लिएर राजनीति सुधार्ने हो । यो यात्रामा हामी अगाडि बढेका छौँ । हामीलाई पनि कसैले शंका उपशंका नगरेका होइनन्। तर, याद गर्नुहोस् त जसले ३० वर्षसम्म यो देशलाई खोक्रो पारे प्रश्न तिनलाई तेस्र्राउने कि तीन सय दिन सरकारमा बसेको पार्टीलाई तेर्स्याउने ? जहिल्यै नागरिकता र पासपोर्टको विषय कोट्याइरहन्छन् । मेरो मुद्दा लड्दै गरौला तर, मुद्दा जनातको शिक्षा, स्वास्थ्यको मुद्दा हो । अरू मुद्दा चल्दै गर्छन् हामी यी मुद्दामा अघि बढौं,’सभापति लामिछानेले भननुभयो ।
उहाँले चितवनमा मंसिर ४ को जस्तो माहोल नभएको झुटो टिप्पणी हुने गरेको बताउनुभयो । सभापति लामिछानेले भने, ‘यो हावाहुरी मात्र होइन भ्रष्टहरूलाई उडाउने सुनामी हो । सुनामीले देशका भ्रष्टहरूलाई उडाउने छ। २० जना मान्छेलाई हाम्रो पार्टीले संसद् छिर्नबाट रोक्यो। अब भएभरका सबैलाई संसद छिर्नबाट हामीले रोक्नेछौं ।’
प्रतिक्रिया