सिक्किममा हिमपहिरो, तीन नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा हिमपहिरो, तीन नेपालीसहित ७ जनाको मृत्यु

 

काठमाडौँ – सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको) र आशिका ढकाल (२२) छन्। यस्तै रूपन्देहीकी मुना शाह श्रेष्ठ (२९) को हिमपहिरोमा परी मृत्यु भएको छ । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए।

यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेका छन् । मंगलबार स्थानीय समयअनुसार दिउँसो १२ः १५ बजे गान्तोक-नाथुला पास जोड्ने नवाहरलाल नेहरू सडकमा गएको पहिरोमा १३ जना घाइते भएका छन् ।

२० देखि ३० वटा पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ । सिक्किम सेनाले विज्ञप्ति जारी गर्दै १४ जनाको उद्वार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ। घाइते तीन नेपाली ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ।

प्रतिक्रिया