गाउँपालिकाले पाउरोटी उद्योगलाई अनुदान दिने

गाउँपालिकाले पाउरोटी उद्योगलाई अनुदान दिने

 

रुकुम –  सानीभेरी गाउँपालिकाले पाउरोटी उद्योगलाई अनुदान दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित उद्योगलाई अनुदान दिने जनाएको हो ।

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले पाउरोटी उद्योगलाई अनुदान वितरण गर्न लागेको हो । कार्यक्रमको लागि गाउँपालिकाले २ लाख रुपैयाँ बजेट विनयिोजन गरेको जनाइएको छ ।

कार्यक्रममा सहभागी हुन चाहने पाउरोटी उद्योगले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया