मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच आज एकता हुँदै

मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच आज एकता हुँदै

काठमाडौ-  दुई वटा साना कम्युनिस्ट पार्टीबीच आज एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए ।

नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीबीचमा एकीकरण घोषणा सभा हुँदैछ ।

 

प्रतिक्रिया