सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

काठमाडौँ –  १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताउनुभयो । उहाँले साना केही सुझावहरु आज बेलुकी ५ बजेसम्म दल र नेताहरुले दिनसक्ने ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा । सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ ।’

महासचिव गुरुङले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया