उच्चस्तरीय प्रशासनिक आयोग बनाउने सरकारको घोषणा

उच्चस्तरीय प्रशासनिक आयोग बनाउने सरकारको घोषणा

काठमाडौँ –  सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक आयोग बनाउने भएको छ । बिहीबार १० दलीय सत्ता गठबन्धनले सार्वजनिक गरेको ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ यस्तो आयोग बनाउने उल्लेख गरिएको छ । जसबाट बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण हुने र सङ्घीय संरचनालाई चुस्त दुरुस्त बन्ने गठबन्धनको उद्देश्य रहेको छ ।

‘बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण गर्न र सङ्घीय संरचनालाई चुस्त दुरुस्त र मितव्ययी बनाउन अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाउने’, नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रतिक्रिया