तिन महिने सिलाई कटाई तामि सुरु

तिन महिने सिलाई कटाई तामि सुरु

सुर्खेत –  गुर्भाकोट नगरपालिका वडा नम्वर -२ मा तिन महिने सिलाई कटाई तामि सुरु भएको छ । वडा नम्वर -२ को आर्थिक सहयोग र नगर उद्योग बिकास तथा सहकारी शाखाको सहकार्य र प्रेम सिलाइकटाई प्रशिक्षण केन्द्रको आयोजनामा तिन महिने निशुल्क सिलाइकटाई तालिम सुरु गरिएको हो ।

औद्योगिक लगानी र पुर्वाधार समृद्धिको बलियो आधार भन्ने नारा सहित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमले बेरोजगार महिलाहरु लाई आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै स्वरोजगारी सृजना गर्ने उद्देश्यले तालिमको आयाजना गरिएको हो । प्रमुख अतिथी समेत रहेकी कार्यपालिका सदस्य राधा ढकालले लक्षित वर्गको माग अनुसार उक्त तालिमको आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार तालिमका सहभागिहरुले मेहनत गरेर अगाडि बढेमा उनिहरुको आयआर्जनमा आर्थिक वृद्धि हुने समेत ढकालले उल्लेख गर्नुभयो । उद्यम बिकास सहजकर्ता अम्मर वलिले तालिममा आफुले सिकेको कुरालाई व्यवहारमा उतार्न सके तालिमको औचित्य रहे भन्दैै महिलाहरु सिपको कारणले पछाडि नपरुन भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको बताउनुभयो ।
उक्त सिप सिकाई तालिममा २० जनाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया