ठाटीकाँधमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ठाटीकाँधमा महिलाहरुका लागि  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ठाटीकाँध –  दैलेखको ठाटीकाँध गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको वडा नम्बर ४ गैरागाउँ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो ।

महिलाहरुको आङ खस्ने समस्या को जाँच तथा छनोटका साथै पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर संचालन भएको बताइएको छ । एइआइएन लक्जेम्बर्ग र सोसेक नेपाल सहयाेग तथा साझेदारीतामा ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखाकाे आयोजनामा संचालन गरिएको सोसेक नेपालका स्वास्थ्य प्राविधिक अनुजा पन्तले बताउनुभयो ।

उहाँका अनुसार पाठेघरको मुखको क्यान्सर परिक्षण निशुल्क स्वास्थ्य शिविरमा ६० जना महिलाहरुले निशुल्क सेवा लिनुभएको थियो । त्यसमध्य ४१ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्नुभएको थियो ।

सहकार्य परियोजना स्वास्थ्य प्राविधिक अनुजा पन्तका अनुसार महिलाहरुको आङ खस्ने समस्या को जाँच तथा छनोटका साथै पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर पालिकाभरि चारवटा ठाउँमा संचालन हुने बताउनुभयो । उहाँका अनुसार चैत्र २४ गते ठाटीकाँध ४ मा संचालन भएको थियो । त्यस्तै ठाटीकाँध ३ धामिगाउँमा बिशालामा २५ गते आज संचालन हुने छ । २६ गते तोलिजैसि र २७ गते ठाटीकाँध बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया