सल्यानमा ७० वर्षीय वृद्धद्धारा विषादी सेवन
सल्यान – सल्यानमा विषादी सेवनबाट ७० वर्षीय वृद्ध गम्भीर विरामी भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका २ झिगानेका अन्दाजी ७० वर्षीय नर बहादुर डाँगी गम्भीर बिरामी भएका हुन ।
शुक्रबार दिउँसो आफ्नै घरमा कोही नभएको मौका छोपी किरा मार्ने विषादी सेवन गरी कोठामा पल्टी रहेको अवस्थामा छोराले फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
विषादी सेवन गरेको डाँगीको उपचारका लागि दांग तुलसीपुर लगिएको उहाँको भनाई छ । विषादी सेवनको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया