जनतामाझ गरेका बाचा र बिश्वासलाई मर्न दिन्नौः उपप्रधानमन्त्री खड्का

जनतामाझ गरेका बाचा र बिश्वासलाई मर्न दिन्नौः उपप्रधानमन्त्री खड्का

सुर्खेत –  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले कर्णाली करिडोरलाई पहिलो प्रथामिकता दिएको बताउनुभएको छ । शनिबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एकैपटक काम सक्ने गरि सबैसँग छलफल भईरहेको समेत बताउनुभयो ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले अब कर्णालीको विकासका लागि केन्द्रमाबाट पर्याप्त बजेट पाउने समेत बताउनुभयो । उहाँले जनताको शिर झुक्नेगरि आफूले काम नगर्ने बताए ।

प्रदेश सरकारबारे खड्काले सातै प्रदेशमा वर्तमान गठबन्धनकै सरकार बन्ने र कर्णाली प्रदेश सरकारमा कांग्रेस छिटै सरकारमा जाने बताउनुभयो । चुनावको बेलमा कर्णालीमा आफु र प्रधानमन्त्री पचण्डले जनतामाझ गरेका बाचा र बिश्वासलाई मर्न नदिने समेत प्रष्ट पारे ।

मतदाता र यो माटोलाई दिएको वचन पूरा गर्ने आफु प्रर्तिब्द रहेको बताउनुभयो ।
उहाँले ठुलो परिवर्तनबाट देशमा शान्ति र संविधान बनेकाले स्थिरता र रक्षाका लागि बनेको गठबन्धन नभत्किने समेत बताउनुभयो । नेता खड्काले मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको बताउनुभयो ।

प्रतिक्रिया