‘भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’ : लामिछाने

‘भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’ : लामिछाने

चितवन –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताउनुभएको छ । चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आँबुखैरनी सभालाई शनिवार सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले ३० वर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशबाट पलायन गराएको आरोप पनि लगाउनुभयो ।

नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उहाँको भनाई छ । ‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाइराखेका छौं,’ लामिछानेले भननुभयो, ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकि तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँडने होइन ।’ उपनिर्वाचन नजिकिँदैँ गर्दा उम्मेदवारहरुको चुनावी सभाहरु सुरु हुन थालेका छन् ।

प्रतिक्रिया