कर्णालीमा काँग्रेस–माओवादीको सरकार बन्छ : खड्का

कर्णालीमा काँग्रेस–माओवादीको सरकार बन्छ : खड्का

सुर्खेत –  कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको सरकार छिट्टै बन्ने उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले बताउनुभयो । शनिबार गृह जिल्ला सुर्खेत आएका रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्रीय समिकरण अनुसार नै सातै प्रदेशमा सरकार बन्ने बताउनुभएको हो ।

यस्तै, उहाँले अहिलेको गठबन्धन प्राकृतिक भएको बताउँदै जनताले यसैगठबन्धनलाई बहुमत दिएर पठाएको र जनताको विश्वासलाई सम्मान गर्दै फेरी अर्को विश्वासको बाटोमा हिडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनका सबै दलले आत्मसमिक्षा गरेर त्यही बाटो ठिक छ, त्यही गठबन्धन ठिक छ । नेपाली जनतालाई विभिन्न समस्यबाट मुक्ति दिन यही गठबन्धन ठिक छ । भनेर अगाडि बढेको हो । दश बर्षको द्वन्दको बेला पनि १२ बुदे शान्ती सम्भौतामा नेपाली काँग्रेस र माओवादीको मुख्य भूमिका रहेको र यसैबाट देशमा शान्ती स्थापना भएको संघिय लोकतान्त्रीक गणतन्त्र र संघियता आएको हो ।’ यसरी बनेको संविधानको रक्षा गर्न यो गठबन्धन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

न्युनतम साझा कार्यक्रमको जगमा निती, बजेट तथा कार्यक्रम ल्याउने बताउँदै रक्षामन्त्री खड्काले कर्णालीको विकासमा निर्वाचनको समयमा गरेका प्रतिवद्धताको आधारमा अगाडि बढ्ने बताउनुभयो । उहाँले भननुभयो, ‘कर्णाली करिडोरको बारेमा हामी गम्भिर छौ । यसको डिपिराको रिर्पोट केन्द्र सरकरमा छ । र बजेटमा पनि समाबेश गर्ने प्रयासमा छौ । पहिलो प्राथमिकता नै कर्णाली करिडोर हो ।’

प्रतिक्रिया