कर्णालीमा डुबेर पाँच महिने बच्चा सहित आमाको मृत्यु

कर्णालीमा डुबेर पाँच महिने बच्चा सहित आमाको मृत्यु

अछाम –  कर्णाली नदिमा डुबेर पाँच महिनाको बच्चा सहित एक आमाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ की २२ वर्षीया कमला धामी र उनको पाँच महिनाको बच्चा कर्णालीको त्रिवेणीमा मृत अवस्थामा भेटिएको अछाम प्रहरीले जानकारी दिएको छ ।

चैत्र १६ गते घरबाट उपचारका लागी मेडिकल जान्छु भनेर हिँडेकी कमलाको शुक्रवार त्रिवेणी स्थित कर्णाली नदिको किनारामा बच्चा सहित शव भेटिएको प्रहरीले बताएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले बताउनुभयो ।

प्रतिक्रिया