महिला फुटबल : नेपाल भियतनामसँग पराजित

महिला फुटबल : नेपाल भियतनामसँग पराजित

काठमाण्डौ – पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा पनि नेपाल भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भएको हो ।

नेपालले सुरुको ६ मिनेटभित्रै दुई गोल खाएको थियो । यसअघि गएको बुधवार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको थियो । हारसँगै नेपाल छनोटको अघिल्लो चरण पुग्न असफल भएको छ ।

भियतनामले भने दोस्रो चरणमा स्थान बनाएको छ । छनोटको समूह ‘सी’ मा प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र रहेका छन् ।

प्रतिक्रिया