एकीकृत समाजवादीकी प्रदेश सदस्य शाह काँग्रेसमा प्रवेश

एकीकृत समाजवादीकी प्रदेश सदस्य शाह काँग्रेसमा प्रवेश

सिमकोट – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी कर्णाली प्रदेश कमिटीकी सदस्य सुुशिला शाहले सो पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको छ । उक्त पार्टीमा बस्न नसक्ने भन्दै शाह कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले सुर्खेतमा एक कार्यक्रम आयोजना गरी प्रदेश कमिटी सदस्य शाहलाई कांग्रेसमा स्वागत गरिएको थियो ।

उहाँलाई पूर्वमुुख्यमन्त्री शाहीले कांग्रेस सदस्यता दिँदै खादा लगाएर स्वागत गर्नुभएको थियो । शाह एकीकृत समाजवादीको अनेम संघको केन्द्रीय सदस्यसमेत हुन । उनी सो पार्टीको जिल्ला कमिटीकी सदस्यसमेत । सो पार्टीमा बस्न मन नलागेको भन्दै उहाँले कांग्रेस रोज्नुुपरेको बताउनुभयो । शाहलाई पार्टीमा स्वागत गर्दै कांग्रेस कार्यसम्पादन समितिका सदस्य शाहीले पार्टीमा उचित स्थान दिने बताउनुभयो ।

त्यसैगरी, २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्रबाट सर्केगार्ड गाउँपालिका– ३ को उनापानीबाट वडाध्यक्षमा निर्वाचित अकिल कार्की पनि कांग्रेसमा फर्किनुभएको छ । उहाँ पहिले पनि नेपाली कांग्रेसमै थिए । पार्टीले वडाध्यक्षमा टिकट नदिएपछि उनी स्वतन्त्र उठ्दै वडाध्यक्षमा निर्वाचिन भएका थिए ।

प्रतिक्रिया