एमालेको सरकार नभएसम्म देश विकास हुँदैन : अध्यक्ष ओली

एमालेको सरकार नभएसम्म देश विकास हुँदैन : अध्यक्ष ओली

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म यो देशको विकास नहुने बताउनुभएको छ । आइतबार धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलेमात्रै देश विकास गर्ने गर्नुभएको हो

‘तसर्थ एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन’, अध्यक्ष ओलीको भनाइ छ । उनले एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताउनुभयो ।

उहाँले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताउनुभयो । उहाँले मजबुत राष्ट्रिय शक्ति बनाउन नै एमालेले मिसन ग्रासरुट अभियान थालेको भन्दै सचेत जनताको संगठित शक्ति एमाले जनताको घर आँगनमा पुगिरहेको बताउनुभयो ।

प्रतिक्रिया